काठमाडौं। नेपाली चलचित्रकी नायिका अदिती बुढाथोकी बलिउडमा भाइरल जस्तो बन्न थालेकी छन्। बलिउडका प्राय समाचार माध्यमहरुले अदितीलाई विशेष स्थान दिन थालेको छ।

नेपाली फिल्म ‘कृ’मा अनमोल केसीको जोडीको रुपमा डेब्यू गरेकी अदितीलाई भारतीय चर्चित मिडियाहरुले उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै समाचार सामाग्री प्रकाशित गरेका छन्। ‘एबिपी न्युज’ अनलाइनले मिडियाले त अदितीलाई सनी लियोनीसँग तुलना गरेका छन्।

एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार नै लेखेको छ। भारतको पन्जावबाट मोडलिङ र म्युजिक भिडियोमा स्थापित गरेकी अदितीको करिब ६० वटा तस्वीर टाइम्स अफ इन्डियाले पनि सार्वजनिक गरेको छ।

अदितीले इन्स्ट्राग्राममा पोष्ट गरेका कतिपय तस्वीरहरु भाइरल भइरहेका छन्। टाइम्स अफ इन्डियाले आफ्नो अनलाइनको फोटो ग्यालरीमा राखेका तस्वीरहरु पनि ट्रेन्डिङमा देखाएको छ। झापाको दमकमा जन्मिएकी अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी हुन।

केही समय अघि अदितीले पन्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी थिइन। चांडै नै बलिउडका फिल्ममा छाउने अदितीको मिसन र भिजन रहेको छ।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल माघ १५ गते बुधवार ।