काठमाडौ। विश्वको पाँचसय प्रतिभाशाली व्यक्तिको सूचीमा बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा पनि परेकी छन्। क्षमतावान प्रतिभाशालीहरुलाई राखिने यो सूचीमा प्रियंका चोपडा परेकी हुन्।

Hot Indian Actress Priyanka Chopada

यो सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अर्बपति बिल ग्रेट्स, कार्यक्रम प्रस्तोता ओपरा विनफ्रे रिचर्ड ब्रान्सन, हलिउड स्टार एमा स्टोन, सेलेना गोमेज, लेडी गागा लगायतका व्यक्तिको नाम छ।

प्रियंकाको नाम यो सूचिको १५औँ स्थानमा छ । हाल अमेरिकी टिभी–शोमा काम गरिरहेकी प्रियंका यही कारणले पनि सामाजिक सञ्जालमा चर्चित बनेकी छन् । प्रभावशाली मानिसको सूचीमा आफ्नो नाम समावेश भएकोमा प्रियंकाले खुसी व्यक्त गरेकी छन्।
प्रकाशन मिति–२०७४ साल फागुन १ गते मंगलवार ।