Sunny Leon HOtकाठमाडौ। मे महिनाको १३ तारिखमा जन्मेकी क्यानाडाली मूलकी बलिउड अभिनेत्री सन्नी लियोनी यो बर्षवाट ३५ बर्ष लागेकी छन्।

३५ बर्षको उमेरमा पुगिसक्दा आफूलाई चाहिने मनग्गे पैसा कमाइसकेकी छन्। आजन्म सन्नीलाई कमाई हुने देखिएको छ। हलिउडमा रहंदा पोर्नस्टारका रुपमा निक्कै ख्याति कमाएकी सन्नीले बलिउडमा पनि बेग्लै नाम तथा दाम कमाइसकेकी छन्। पोर्नफिल्ममा जस्तो मनग्गे आम्दानी अवश्य पनि बलिउडमा सन्नीको छैन्।

सन्नीले कुनैपनि चलचित्रमा अभिनय गर्दा चार करोड घटीमा काम गर्दिनन्। यो सन्नीको मान्यता तथा मूल्य रहेको छ। यही मूल्य र मान्यतामा स्थिर रहेकी सन्नीको बैंक खातामा ८७ करोड जम्मा भैसकेको छ। अझैपनि दिनप्रतिदिन जम्मा हुने क्रममा रहेको छ। चलचित्रको अभिनयको अलावा सन्नीको अर्को आम्दानीको स्रोत भनेकै सन्नीको पोर्न वेबसाइटहरु नै हो।

सन्नीको नाममा खोलिएका ती एडल्ट साइटहरुमा राखिएका उनका पोर्नफिल्महरुले उनलाई मनग्य आम्दानी दिइरहेका छन्। यसको अलावा मोडलिङ्ग, विज्ञापन, रियालिटी–शो तथा स्टेज प्रोग्रामहरुवाट पनि राम्रै कमाई गर्दैआएकी छन्।
प्रकाशन मिति–२०७३ साल जेठ १३ गते विहीवार ।