Sunny Leon HOtकाठमाडौ। भारतको चर्को नाकाबन्दीमा परेको नेपालमा भारतीय अभिनेत्री सन्नी लियोन नेपाल भ्रमणमा शनिवार आएकी छन्। पूर्वपोर्नस्टार समेत रहेकी सन्नी लियोनले नेपाल भ्रमणको बारेमा खासै केही कुरा खुलाएकी छैनन्।

नेपाल आफूलाई अत्यन्त मन परेको भएकोले फुर्सद मिल्नासाथ नेपाल आउने गरेको भनेकी छन्। श्रीमान डेनियल वेबरका साथ काठमाडौ आएकी सन्नीले काठमाडौमा कहाँ बसेको भन्ने कुरा पनि खुलाएकी छन्। नेपाल भ्रमण अत्यन्त नीजि भएकोले होहल्ला गर्ने पक्षमा नरहेकोले काठमाडौमा बसेको स्थान र होटलको बारेमा उनले भनेकी छैनन्।

यसअघि पनि नेपाल आएर नेपालका विभिन्न पर्यटकीय स्थानमा घुमघाम गरेर फर्केकी सन्नीले नेपालमा भारतले गरिरहेको नाकाबन्दीका बारेमा ट्वीटरमा खासै केही उल्लेख गरेकी छैनन्।

प्रकाशन मिति–२०७२ साल मंसिर १२ गते शनिवार ।