Amitabha Bachhan with Aishwarya Ray1काठमाडौ। बलिउड स्टार अमिताभ बच्चनले कर छलीका लागि स्वर्गै मानिने अफसोर कम्पनीहरुसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।

द इन्डियन एक्सप्रेसले जनाएअनुसार ब्रिटिस भर्जिन आइल्यान्डस् र बहमासमा दर्ता भएको चार अफसोर सिपिङ कम्पनीमा सन् १९९३ मा बच्चन निर्देशक नियुक्त भएका थिए । उनी र बलिउड नायिका ऐश्वर्या राय पनामा पेपर्स दस्तावेजमा सूचीकृत ५ सयजना भारतीयमा पर्छन् । रायका सञ्चार सल्लाहकारले चाहिँ ती कागजातको आधिकारितामाथि प्रश्न गरेका छन्।

Amitabha Bachhan with Aishwarya Rayइन्डियन एक्सप्रेसले सुरुमा पनामा पेपर्सको खुलासा सम्बन्धमा प्रतिक्रिया दिएनन् तर उनले मंगलबार आफ्नो कुनै संलग्नता नरहेको भन्दै वक्तव्य जारी गरेका छन् ।
‘मैले सबै खाले कर तिरेको छु । विदेशमा खर्च गरेको रकममा समेत कर तिरेको छु। विदेशमा आर्जित विप्रेषणमा समेत कानुनअनुसारै गरेको छु,’ ‘इन्डियन एक्सप्रेसको समाचारका कुनै पनि कुराले मेरो हकमा कुनै वैधता राख्दैनन्,’ वक्तव्यमा उल्लेख छ ।

इन्डियन एक्सप्रेसको समाचारअनुसार ऐश्वर्या राय र उनको परिवारलाई निर्देशक बनाएर ब्रिटिस भर्जिन आइल्यान्डस्मा एउटा कम्पनी सन् २००५ मा खोलियो, तर त्यो ३ वर्षपछि नै खारेज भयो । रायका सञ्चार सल्लाककारले समाचारका सबै सूचना पूरै गलत भएको बताए । राय अमिताभ पुत्र अभिषेककी पत्नी हुन् ।
प्रकाशन मिति–२०७२ साल चैत्र २४ गते बुधवार ।