Priti Jinta marriageकाठमाडौ। बलिउडकी चर्चित स्टार अभिनेत्री प्रीति जिन्टाको अमेरिकामा रहेका अमेरिकी नागरिक जीन गुडइनफसंग विवाह हुने भएको छ। गत जनवरी महिनावाट ४१ बर्षमा प्रवेश गरेकी अभिनेत्री जिन्टाको अमेरिकामा नै विवाह हुने बताइएको छ।

प्रीति जिन्टाले विवाह गर्न लागेकी जिन्टाको प्रेमी जिन्टाभन्दा १० बर्षले कान्छो भएको इन्टरटेन्टमेन्ट वेवसाइट स्पोटबोइ डटकमले उल्लेख गरेको छ। सोही डटकमका अनुसार उनको वेडिङ्ग सेरोमनी अमेरिकामा फरवरी १२ देखि १६ तारिखसम्म चल्ने भएको छ।

प्रीति जिन्टाले पनि विवाहको निम्ताकार्ड सवैलाई बाँडिसकेकी छन्। जीनसंग प्रीति जिन्टाको केही बर्षअगाडि अमेरिकामा नै भेटघाट र चिनाजानी भएको थियो। दुवैवीच प्रेम–रोमान्स र डेटिङ्ग एक बर्षयता मात्र भएको थियो। जीन अमेरिकाको लसएन्जल्समा बस्ने गर्छन्।

प्रकाशन मिति–२०७२ साल माघ २६ गते मंगलवार ।