काठमाडौ। कहिलेकाही सेलिब्रेटीको कारण सेलिब्रेटीका आफन्त तथा नातागोता पनि चर्चामा आउने गर्दछन्।

सोही चर्चा यतिखेर बलिउड अभिनेता सैफ अली खानकी बहिनी तथा अभिनेत्री करिना कपुरको नन्द सव अली खान चर्चामा रहेकी छन्। त्यो पनि फिल्ममा अभिनय गरेको कारण नभइकन उनको कमाईको कारण हो।

सव अली खान यतिखेर २७ सय करोडकी मालिक बनेकी छन्। फिल्म–लाइनभन्दा धेरै टाढा रहेकी सव अली खानलाई फिल्मको मतलव पनि छैन्। ४१ बर्षिया अविवाहिता उनी ज्वेलरी डिजाइनर हुन्।

हिराको व्यापारी समेत रहेकी उनी ज्वेलरीको डिजाइनवाट मनग्गे कमाई गर्ने व्यापारीको रुपमा चिनिने गरेको बलिउड समाचार एजेन्सीहरुले जनाएको छ।
(समाचार एजेन्सीको सहयोगमां)


प्रकाशन मिति–२०७४ साल माघ ७ गते आइतवार ।