काठमाडौं। नेपालमा विभिन्न प्रकारका बलिप्रथा रहेको छ। त्यो बलिप्रथामा नरिवलको बलिदिने प्रचलन पनि पछिल्लोपल्ट व्यापक रुपमा आएको छ। राँगा, कुखुरा, हाँस, बोकाको बलि दिने प्रथामा परिवर्तित प्रथाका रुपमा नरिवलको बलिदिने प्रथा अगाडि आएको छ। जुन आयातित संस्कारको रुपमा वहस भएको छ।

त्यसको स्थानमा नेपाली मौलिक परम्पराको रुपमा चलिआएको अण्डाको बलिप्रथा कायम गर्नुपर्ने विषयमा सामाजिक अभियन्ताहरुको वहस रहेको छ। दुई अग्रज सामाजिक अभियन्ता शिला सायमी तथा नारायण लिंखा देवानले भिजन संसार डटकमको वहसमा नरिवल तथा अण्डाको बलिप्रथाको विषयमा आ–आफ्ना तार्किक विचार पोखेका छन्।

निचोडमा दुवैले दुवैप्रकारका वलिप्रथा सामाजिक रुपमा गर्दा पनि हुने र नगर्दा पनि केही फरक नपर्ने वताउंदै घुसखोरी प्रथाको तुरुन्त वन्द गर्नुपर्ने राय व्यक्त गरेका छन्। घुसप्रथाले नै देश बर्बाद परेको दुवैले तर्क गरेका छन्। घुसप्रथा बन्द गर्नुपर्ने दुवैको माग रहेको छ।

प्रकाशन मिति–२०७७ साल जेठ २७ गते मंगलवार ।