काठमाडौं। भारतमा टिकटक व्याँण्ड भएतापनि नेपालमा भने टिकटक एप् एकदमै चर्चित छ। टिकटकमा रमाउने नेपालीहरुको भीड नेपालमा व्यापकै रहेको छ।

यही व्यापकतामा टिकटकको नाममा म्युजिक भिडियो नै तयार भएको छ। तिमी बिजी टिकटकमा बोलको गीत सार्वजनिक भएको हो। जसमा गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको छ।

गीतमा संगीत समेत गायिका सम्झना ओली आफैले भरेकी छन्भने एरेन्ज नरेन्द्र वियोगीले गरेका छन्। टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र बले नामले व्यापक चर्चामा आएका कलाकार सागर लम्सालको अभिनय रहेको छ।

म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन्। भिडियोमा उत्सब दाहालको छायाँकन ,सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ।

प्रकाशन मिति–२०७७ साल असार १६ गते मंगलवार ।