काठमाडौं। नेपाली गीत–संगीत तथा अभिनयलाई अत्यन्त माया तथा सदभाव राख्ने बहुमुखी प्रतिभाका धनी प्रतिभावान कलाकार चिरञ्जिवी खनालको निर्माणमा रामप्यारी सार्वजनिक भएको छ। लोकलयमा आधारित रामप्यारी बोलको गीत कलाकार खनालको निर्माणमा सार्वजनिक भएको हो।

मिलन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको रामप्यारी बोलको गीतमा संगम थापाको शब्द तथा संगीत रहेको छ। उक्त गीतमा संगम थापा र प्रतिमा अर्यालको सुमधुर स्वर सुन्न सकिन्छ। लक्ष्मण लम्सालको छायाँकन र धिताल फिल्मसको सम्पादन रहेको उक्त गीतमा दिनेश श्रेष्ठ र सुनिता गिरीको सामूहिक गायन रहेको छ।

हाल अडियो गायनलाई स्टुडियो छायाँकनलाई युट्युब च्यानलवाट विश्वव्यापी सार्वजनिक भएको रामप्यारी गीतको चाँडै नै विशेष भिडियो निर्माण गर्ने कलाकार खनालले भिजन संसार डटकमसंगको विशेष कुराकानीमा भनेका छन्। सानैदेखि कलाकारिता क्षेत्रमा रुचि राख्दै आएका कलाकार खनालले दर्जनौ चलचित्र तथा विभिन्न गीतका भिडियोमा स्वभाविक अभिनय गरिसकेका छन्।

प्रकाशन मिति–२०७७ साल मंसीर २८ गते आइतवार ।