काठमाडौ। बहुमुखी प्रतिभाकी धनी संचारकर्मी गायिका सिर्जना थापाको नयाँ गीत सार्वजनिक भएको छ। नेपाली हिन्दू नारीहरुको महान पर्व तिजको अवसरमा तिज गीत सार्वजनिक भएको हो।

गायिका थापाको माइतिको आँगनी बोलको तिज गीत म्युजिक नेपालको युट्युब च्यानल मार्फत विश्वव्यापी सार्वजनिक भएको हो। माइतिको तिज गीतमा गायिका थापा आफै माइतिको आँगनीमा मज्जाले छमछमी तिजको भाकामा रमेर नाच्दै अभिनय गरेर तहल्का नै मचाएकी छन्।

रेडियो तथा एफएममा समाचार बाचनको गर्विलो इतिहास रचेकी थापाले गायनको अलावा अभिनयमा पनि छलाङ मार्ने कार्य यस बर्षको तिज गीत माइतिको आँगनीवाट भएको छ। माइतिको आँगनी तिज गीतको भिडियोको निर्देशन उदिराम खनालले गरेका छन्। रिमा रेकर्डिङ स्टुडियोमा गीतको रेकर्डिङ भएको गायिका थापाले भिजन संसार डटकमलाई बताएकी छन्।

गायनमा विसं.२०६० सालदेखि यात्रा शुरु गरेकी थापाले यसैलाई व्यावसायिकता नदिएतापनि बेला–बेलामा गायनवाट आफूलाई गायिकामा स्थापित गर्ने कुनै कसुर भने छाडेकी छैनन्।

प्रस्तुत छ–गायिका सिर्जना थापाको माइतिको आँगनी गीतको भिडियो

प्रकाशन मिति–२०७५ साल भदौ ३ गते आइतवार ।