काठमाडौ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता बाँके जिल्ला शाखा नेपालगञ्जको प्रथम अधिबेशन सम्पन्न भएको छ। रगतको अभावमा कोहीपनि पीडितहरूले अनाहकमा ज्यान गुमाउन नपरोस् भनी स्वयंसेवी रक्तदाताहरूलाई संगठित गर्दै रगतको महत्व बुझाउँदै रक्तदान अभियानमा लाग्नु परेको केन्द्रीय अध्यक्ष कर्माचार्यको भनाई रहेको छ।

premsagar

रेकर्डेट रक्तदाता कर्माचार्यलाई जिल्लाको तर्फबाट विशेष सम्मान गर्दै अधिबेशनको शुभारम्भ गरिएको सो कार्यक्रममा नेस्वरस बाँके जिल्लाध्यक्ष पद्मा बस्नेतको सभापतित्वमा सम्पन्न भएको हो। सचिव आलम खानद्वारा सञ्चालित उक्त आयोजित अधिबेशन कार्यक्रममा बरिष्ठ पत्रकार पूर्णलाल चुके, मो.अरिफ अन्सारी लगाएत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सोही अधिबेशनले तीन बर्षे कार्यकालका निमित्त पुन स्वयंसेवी रक्तदाता पद्मा बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन समेत गरेका छन् । जसमा उपाध्यक्ष आशिष् गुप्ता, सचिब आलम खान, कोषाध्यक्षा रईस शाही छन्।

त्यस्तैगरी सदस्यहरूमा क्रमशः गुरूदिन यादव, पवन जयशवाल, सरिता ज्ञावाली, गोपीनाथ वैश्य, असलम भाट, राकेश मिश्रा र भागिरथि बम चयन भएका हुन् । कार्य समितिको सल्लाहकारहरूमा भने क्रमशः मो.अरिफ अन्सारी, पूर्णलाल चुके, ओमप्रकाश यादब, झलक गैह्र र सूर्यलाल यादब रहेका छन्।
प्रकाशन मिति–२०७४ साल भाद्र २६ गते सोमवार ।