Prakash Ojha 2

काठमाडौ। बाउले बिहे गर्दिएन पोहोर पनि भत्काई दिउंला बाख्राको खोर लगायतका दर्जनौ दर्जन हिट गीतका चर्चित गायक प्रकाश ओझा फेरि जेल चलान भएका छन्।

१५ बर्षअघि सुनसरी जेलमा अठार महिना जेल भुक्तान गरेर मुक्त बनेका ओझा सोही मुद्दा उल्टिएपछि गायक ओझा फेरि जेल परेका हुन्। सर्वोच्च अदालतले गत माघ ४ गते पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउंदै १० बर्ष जेल सजाय हुने फैसला सुनाएपछि प्रहरीले गायक ओझालाई शुक्रबार काठमाडौको शंखमुलवाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेर जेल चलान गरेको हो।

Prakash Ojha 1

ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीनजना नाबालिकासंग अनैतिक सम्बन्ध राखेको प्रमाणित भएको थियो। ओझाले पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा भिडियो देखाएर सार्वजनिक गरे मार्नेसम्म धम्की दिएका थिए।

पटक-पटक धम्की दिएर यौन शोषण र अप्राकृति मैथुन गरेको र तस्बिर वेभसाइटमा समेत राखेको ठहर गर्दै अदालतले ओझालाई १० वर्ष कैद सजाय सुनाएको थियाे।
प्रकाशन मिति–२०७३ साल माघ १५ गते शनिवार ।