काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक वडा एक पार्क निर्माण नीति ल्याएको छ। जसअनुसार, काठमाडौं महानगरपालिकाका प्रत्येक वडाले एक पार्क निर्माण नीतिलाई आत्मसात गरेको हो।

सोही नीति अनुरुप काठमाडौं महानगरपालिका वडा नंबर ३२ मा एक होइन, दुई पार्कको शिलान्यास भएको छ। दुवै पार्कको शिलान्यास बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई साक्षी राखेर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका छन्। साथमा काठमाडौं महानगरपालिका वडा नंबर ३२ का वडा अध्यक्ष नवराज पराजुली , प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली लगायत वडा सदस्यहरु थिए।

शिलान्यास भएका पार्कमा बागमती दोभान र अमरवाती पार्क रहेको छ। यो समेत गरेर साना ठूला गरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ५० वढी पार्क निर्माण भैरहेको जानकारी मेयर शाक्यले भिजन संसार डटकमलाई दिएका छन्।

करीब ११ आना जमिनमा निर्माण हुने बागमती दोभान पार्क करिब ६७ लाखको लागतमा निर्माण हुनेभएको छ। त्यस्तै, करिब चार रोपनी क्षेत्रफलमा निर्माण हुने अमरावती पार्क करीब ९० लाखको लागतमा निर्माण हुँदैछ।


प्रकाशन मिति–२०७८ साल कात्तिक ८ गते सोमवार ।