Bagmati Safai 2

काठमाडौ। वागमती सफाइको २००औँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्मको २८ किमी क्षेत्रमा सफाइ गरी १०४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। नेपाल बन्द र झरी बाबजुद सुन्दरीजलदेखि चोभारसम्म १८ स्थानमा गरिएको पदयात्रासहितको सफाइमा एक लाखभन्दा बढी मानिस उपस्थित भएको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले राससलाई बताएका छन्। शनिवार उपत्यकाका रुद्रमती, विष्णुमती र नख्खुखोलालगायतका सफाइ अभियन्ता वाग्मतीमै केन्द्रित भएका थिए।

Bagmati Safai 4

नेपाल सरकारका मुख्यसचिव डा.सोमलाल सुवेदीको नेतृत्वमा सरकारका १८ जना सचिव १८ केन्द्रमा खटिएका थिए। प्रमुख दलका नेता पनि सफाइमा सहभागी बनेका थिए। तिलगङ्गामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बल्खुमा उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापालगायत नेता सफाइ अभियानमा देखिएका थिए। जतिसुकै सफाइ अभियान चलाएतापनि बागमती नदीमा घरको शौचालयको मलमुत्र डाइरेक्ट मिसाएसम्म जतिसुकै सफाइ गरेतापनि सफाइ नहुने धारणा लायन्स क्लव अफ काठमाडौ समृद्धिका चार्टर मेमबर डेविड श्रेष्ठले भनेका छन्।

Bagmati Safai 1त्यसैगरेर, शनिवारको बागमती सफाइ अभियानको २०० हप्तामा सरिक भएर सफाइ कार्यमा जुटेकी संकल्प विकास केन्द्र नेपालकी उपाध्यक्ष सुनिता कायस्थ पनि जनमानसमा चेतनाको अभिबृद्धि नभएसम्म सफाइ अभियानले सार्थक पाउन नसक्ने धारणा व्यक्त गरेकी छन्। बागमतीमा ढल मिसाउने र मलमुत्र फाल्नेलाई कडा कारवाही गर्ने नीति नै ल्याएमा मात्र सफाइले सार्थकता पाउने कायस्थको भनाई रहेको छ। आगामी शनिबार २०१औँ हप्ताको वाग्मती सफाइ पशुपति राममन्दिर क्षेत्रमा गरिने सफाइ महाअभियानले जनाएको छ ।

Bagmati Safai 5प्रकाशन मिति–२०७३ साल फागुन २८ गते शनिवार ।