–निशान बुढाथोकी
काठमाडौं। साधारण जीवन शैली, उच्च सोच, शालिन व्यवहार, समानव्यवहार, उमेर ढल्कदै जाँदापनि युवाको जस्तै जोश जाँगर, नेपाली खेलकुद क्षेत्रका जिउँदा इतिहास जितबहादुर के सी हुन्। जसले नेपालको लागि पहिलो पटक अन्र्तराष्ट्रिय प्रतियोगितामा पदक दिलाएकाथिए ।

६० र ७० को दशकमा नेपाली एथलेटिक्समा एकलौटी शासन गरेका जितबहादुर केसी जसलाई बाघको जस्तो तेज भएको धावकभन्दा फरक नपर्ला । सन् १९७३ मा एशियाली ट्याक एण्ड फिल्ड प्रतियोगितामा पदक पाएर नेपाललाई संसारभर चिनाएका थिए।

आफू आर्मीमाप्रवेश गरेपछि १६/१७ वर्ष हुँदा नै खेलकुदमा सहभागि भएको बताउने के सी पहिले र अहिलेको अवस्थामा हरेक क्षेत्रमा परिवर्तन भएजस्तै खेलकुद क्षेत्रमापनि धेरै परिवर्तन भएको बताउछन् । अहिलेको अवस्थामा खेल क्षेत्रमा धेरै परिवर्तन भएको र खेल क्षेत्रबाट नै जिविकोपार्जन गर्न सकिने भन्छन् ।

निरन्तर रुपमा यस क्षेत्रमा आबद्ध के सी आज सम्मपनि उत्तिकै सक्रिय केसी पहिलो पटक अन्तर्राष्ट्रिय पदक पाउँदाको अवस्था सम्झिदा आजपनि खुशी लाग्ने गरेको वताउंछन्। त्यो बेलाको अवस्थामा काठमाडौंमा घर बनाइदिने विश्वास दिलाएपनि आजसम्म त्यो पूरा नगरेकोमा केसीको ठूलै गुनासो रहेको छ।

विश्व खेलकुदको ठूलो मेलाओलम्पिकमा नेपालले १८ औं संस्करणदेखि केसीले सहभागिता जनाएको हो । त्यसो त सन् १९६४ को ओलम्पिकदेखि नेपालले अन्तर्राष्ट्रिय जगतमा आफ्नो सहभागिताजनाउँदै आएको छ। सन् १९७२ को अगस्टमा उदघाटनको दिन नेपाली टोलीमा झण्डा बोक्ने उनै धावक जितबहादुर केसी जसले जहिले पनि नेपाल र नेपालीको शिर उँचो राख्नमा कहिले चुकेनन् ।

प्रकाशन मिति–२०७८ साल कात्तिक १५ गते सोमवार ।