Tarkari Bazarकाठमाडौ। नेपालका बाढी प्रभावित क्षेत्रहरुमा तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ।

लगातारको बर्षाले विभिन्न राजमार्गमा गएको पहिरो र तराई क्षेत्रमा भएको डुबानका कारण सवारी आवागमन नै ठप्प भएपछि दैनिक उपभोग्य वस्तुको भाउ अकाशिएको हो।

सागसब्जीलगायतका तरकारीजन्य सामानको भाउ अकासिएसँगै सर्वसाधारणलाई दैनिक गुजारा गर्नै कठिन परेको छ। विगतमा प्रतिकेजी ६० रुपैयाँमा पाइने गोलभेडाको मूल्य अहिले किलोको १ सय ४० रुपैयाँसम्म पुगेको छ।

तरकारीको भाउ पनि दोब्बर भएको छ। अत्यधिक महंगीका कारण छाक टार्नै समस्या भएको गुनासो उपभोक्ताको छ। व्यापारीहरुले ढुवानी गर्नै समस्या भएका कारण मूल्यवृद्धि भएको बताएका छन्।
प्रकाशन मिति–२०७४ साल साउन ३२ गते बुधवार ।