काठमाडौ। नेपाल सरकारले सरकारले फागुन १ देखि बाथ मुटुरोगको शल्यक्रियालगायतका सम्पूर्ण उपचार नि:शुल्क उपलब्ध गराउने भएको छ। शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको वार्षिकोत्सक समारोहमा शनिबार बोल्दै स्वास्थ्य मन्त्री गगन थापाले बाथ मुटु रोगको शल्यक्रियासहित सबै उपचार नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

Heartअब फागुन १ देखि मुलुकभरका यस्तो सेवा प्रदान गर्ने सरकारी स्वास्थ्य निकायले वाथ मुटु रोगको शल्यक्रियालगायतका सम्पूर्ण उपचार नि:शुल्क रूपमा दिनेछन्। सहिद गंगालाल अस्पतालमा वर्षेनी करिव ६ सय मुटुको भल्भ खपत हुने गरेको छ।

५ सय व्यक्तिका लागि करिब ६ सय भल्भ आवश्यक पर्छ। एक जना विरामीमा एउटा मुटुको भल्भ लगाउन दुइ लाख ५० हजार र दुई वटा भल्भ लगाउन तिन लाख २५ हजार रुपिया खर्च हुने गरेको छ।

गंगालाल अस्पतालले गरेको अध्ययनअनुसार स्कुल जाने उमेरका हरेक हजार बालबालिकामध्ये एक देखी दुई जनासम्म बाथ मुटु रोगले ग्रस्त छन्। बाथ मुटु रोग सामान्यतया ५ देखी १५ वर्षसम्मको उमेरमा लाग्ने गर्छ । तर, एक पटक भल्भ बिग्रिएपछि जीवनपर्यन्त रहिरहने रोग हो।

बाथ मुटू रोगमा मुटूको भल्भ क्षतिग्रस्त हुन्छ । यो रोग स्ट्रैप्टोकोकल ब्याक्टेरियाले गर्दा घाँटीको संक्रमणबाट सुरु हुन्छ । यसलाई बोलचालीको भाषामा घाटी दुख्न,टन्सिल बढनेसमेत भनिन्छ।
प्रकाशन मिति–२०७३ साल माघ १५ गते शनिवार ।