Naya Shaktni in Saroj with Karishmaकाठमाडौ। पूर्वप्रधानमन्त्री तथा एमाओवादीका पूर्वबरिष्ठ नेता बाबुराम भट्टराईको नेतृत्वमा स्थापित नयाँ शक्ति नामक नयाँ पार्टीमा नेपाली चलचित्रका ख्यातिप्राप्त अभिनेता सरोज खनाल देखि अभिनेत्री करिश्मा मानन्धरसमेतले प्रवेश गरेका छन्।

नेता भट्टराईको नयाँ शक्तिमा सरोज खनाल तथा करिश्मा मानन्धरलाई खासै कुनै पद हाललाई नदिएतापनि उनीहरुलाई अगुवाई गरेर उक्त नयाँ शक्तिमा लाने भूमिका निर्वाह गर्ने अभिनेता एवम् चलचित्र निर्माता अशोक शर्मालाई सांस्कृतिक विभाग संयोजक तोकिएको छ।

नयाँ शक्तिको दुई दिनसम्म चलेको अन्तरिम केन्द्रिय परिषदको बैठकले शर्मालाई सांस्कृतिक विभाग संयोजक चयन गरिएको हो।
प्रकाशन मिति–२०७२ साल माघ २४ गते आइतवार ।