काठमाडौं। डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच एकता भएको छ। सोमबार काठमाडौंको कमलादीमा आयोजित विशेष समारोहमा फोरम र नयाँ शक्ति एकीकरण भइ समाजवादी पार्टी नेपाल गठन भएको हो।

एकता सभामा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । एकताबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको र संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक रहेको कुरा सहमति पत्रमा उल्लेख गरिएको छ ।

एकतासँगै पूर्वप्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई आफैंले नयाँ शक्ति बनाउने तीन वर्ष लामो अभियान समापन पनि भएको बताएका छन् ।
प्रकाशन मिति–२०७६ साल बैशाख २३ गते सोमवार ।