काठमाडौं। नेपाली राजनीतिमा अनेक दाउपेच हुने गर्दछ। त्यो दाउपेचमा हारेको मान्छेलाई जिताउने प्रयास हुने गर्दछ। संसदमा ल्याउने अनेक दाउपेचमा यतिखेर काठमाडौं क्षेत्र नंबर ७ का जननिर्वाचित सांसद अनि काठमाडौंका जनतामाझ अत्यन्त लोकप्रिय नेता रामबीर मानन्धर परेका छन्।

आफ्नै गृहनगर बर्दियावाट संसदीय निर्वाचनमा हारेका बामदेव गौतमलाई जिताउन रामबीरलाई काठमाडौं क्षेत्र नंबर ७ वाट राजिनामा दिन लगाएको छ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आदेश र निर्णय बमोजिम रामबीरले राजिनामा दिएका छन्। काठमाडौंका जनताहरुको जनमत र भावना विपरित रामबीरलाई राजिनामा दिन लगाएर बामदेवलाई ल्याउने कसरत पार्टीको अलोकप्रिय निर्णय र पार्टीले भन्नासाथ बलिको बोको बन्ने रामबीरको दानबीर बन्ने सोचलाई पनि काठमाडौंका जनताले मन पराएको देखिएन।

धेरै ठाउंका सांसदलाई राजिनामा दिन लगाएर बामदेवलाई पदास्थापन गराउने प्रयास विफल भएपछि काठमाडौं क्षेत्र नंबर ७ लाई रोजेर पार्टीले खासै राम्रो कार्य नगरेको उनीहरुको भनाई रहेको छ।

यस कार्यवाट काठमाडौंका जनतामा नकारात्मक प्रभाव पर्न जाने नेकपाका विज्ञ कार्यकर्ताहरुको गुनासो रहेको छ। मंगलवार पत्रकार सम्मेलन गरेरै रामबीरले पार्टी सचिवालयमा आफूले राजिनामा दिइसकेको बताएका छन्। रामबीरले छाडे्को काठमाडौं क्षेत्र नंबर ७ मा बामदेव गौतमको लागि फेरि निर्वाचन हुने भएको छ।
प्रकाशन मिति–२०७५ साल असोज २३ गते मंगलवार ।