काठमाडौं। नेपालका बामपन्थी मसिहाको रुपमा अत्यन्त चर्चा पाएका बामपन्थी नेता तथा नेपालभाषा आन्दोलनका प्रणेता पदमरत्न तुलाधर अस्पताल भर्ना गरिएको छ।

शुक्रबार काठमाडौंको माइतिघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पदमरत्नलाई भर्ना गरिएको हो।

नेपालभाषा टाइम्सका अनुसार, नेता तुलाधरलाई सीसीयु युनिटमा राखेर उपचार गरिएको छ। हाल अब्जरभेसनमा रहेका नेता तुलाधरको स्वास्थ्य रिपोर्ट आउन वांकी छ।

चिकित्सकहरुले नेता तुलाधरलाई हर्टएटेक भएको आशंका गरिएको पनि नेपालभाषा टाइम्सले उल्लेख गरेको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक ९ गते शुक्रबार ।