काठमाडौं। पंचायतकालमा वामपन्थी मसिहा नै बनेका नेपाली जनताका अत्यन्त लोकप्रिय नेता तथा मानवअधिकारवादी नेता पदमरत्न तुलाधरको अन्त्येष्टि गरिएको छ।

सोमबार काठमाडौंको शोभाभगवती स्थित कर्णदीपमा नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। तुलाधरको शवयात्रा निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्म गरिएको थियो।

शवयात्रामा हजारौको सहभागिता रहेको थियो। विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुको शवयात्रामा सहभागिता रहेको थियो।

तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो।


प्रकाशन मिति–२०७५ साल कात्तिक १९ गते सोमवार ।