काठमाडौ। आसन्न मंसीर २१ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ९(क) प्रदेशसभाका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको चुनावी पदयात्रा तथा घरदैलो कार्यक्रममा विशाल जनलहर नै उर्लेको छ।

शनिवार विहान ३ घण्टा आयोजित कार्यक्रममा काठमाडौको क्षेत्र नंबर ९ को भित्री शहरको कोर एरिया लगनटोल, भोटेवहाल, टेकु, जैसीदेवल, वटु, न्यूरोड लगायतका स्थानमा घरदैलो तथा पदयात्रा भएको थियो। पदयात्रामा काठमाडौ क्षेत्र नंबर ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ तथा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत हजारौको जनसहभागिता रहेको थियो।

काठमाडौ क्षेत्र नंबर ९(क)बाट प्रभावशाली बौद्धिक बर्ग तथा जनताका हरेक मर्काका ज्ञाता अनि अत्यन्त सहयोगी र मिलनसार व्यक्तित्वलाई बाम–गठवन्धनको साझा उम्मेदवारको रुपमा पाउंदा नेकपा एमाले तथा माओवादी केन्द्र समर्थक मात्र नभइकन नेपाली कांग्रेस समर्थक मतदाताहरुले पनि स्वागत गरेको पाइयो।

कांग्रेस समर्थक मतदाताहरु पनि अजयक्रान्ति हाम्रो उम्मेदवार भएको बताउंदै गरेको देखियो। उनीहरुले प्रदेशसभासदमा डा.अजयक्रान्ति शाक्यलाई सूर्य चिन्हमा मतदान गर्ने भन्दैगरेको पाइयो। सवैको प्रिय उम्मेदवार बन्न सफल डा.अजयक्रान्ति शाक्य सवैको आकांक्षा र चाहनालाई आफूले पूरा गर्ने कसम खाएको बताएका छन्।

मतदाताको अमूल्य मतलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्ने डा.शाक्य आफू सवै मतदाताको उम्मेदवार भएको दावी गर्छन्। सवैले आफूलाई मतदान गर्ने कुरामा डा.शाक्य आशावादी पनि बनेका छन्।


प्रकाशन मिति–२०७४ साल मंसीर १६ गते शनिवार ।