काठमाडौ। बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ। हुरीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन्। कान्तिपुर डेली डटकमका अनुसार, त्यहाँका केही स्थानमा घरका छाना उडाएको छ। हुरी प्रभावित क्षेत्रमा भीषण वर्षा भइरहेको छ। जसवाट गतसाताको हुरीबाट बिस्थापित भएर त्रिपालमूनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन्।

 

गतसाता बढी प्रभावित क्षेत्र फेटा, सुवर्ण, देवताल गाउँपालिका र महागढीमाइ नगरपालिकामा हुरीपीडितको त्रिपालमा वर्षा र हुरीले क्षति पुर्‌याएको छ। म‌ंगलबार बिहान असिनासँगैको हावाहुरी र पानीका कारण खाना पकाउन समेत नमिलेको बताइएको छ।

हावाहुरीले सिमरामा केही विद्युत्‌का पोल ढलेका छन्भने केही घरको छाना उडाएको छ। हुरी पीडितका त्रिपाल पनि डुबानमा परेका छन्।राहत वितरणको काम पनि अवरुद्ध भएको छ।
गत आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा २७ जनाको मृत्यु भएको थियो भने ४ सयभन्दा बढी घाइते भएका थिए।
प्रकाशन मिति–२०७५ साल चैत्र २६ गते मंगलवार ।