काठमाडौं। नेपाली गीत संगीत आकाशकी मादक गायिका इन्दिरा जोशीको शुभ–विवाह सम्पन्न भएको छ। प्रेमी फेसन डिजाइनर शरद केडियासँग चितवनको बाराही जंगल लजमा मादक गायिका जोशीको शुभ–विवाह भएको हो।

समाचार स्रोतका अनुसार, दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह सम्पन्न भएको छ। गायिका जोशीले आइतबार हल्दी र सोमबार मेहन्दी समारोह मनाएकी थिइन्। उनले इस्टाग्राममार्फत हल्दी र मेहन्दी समारोहको केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन्।

त्यसैगरी उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी थिइन्। तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। इन्गेजमेन्ट गरेको एक वर्षपछि उनीहरू विवाह भएको हो।

प्रकाशन मिति–२०७९ साल जेठ ३१ गते मंगलवार ।