जनकपुर । गत चैत्र १७ गते साँझ नेपालको प्रदेश नं. २ अन्तर्गत बारा र पर्सा जिल्लामा आएको भिषण हावा हुण्डरी (चक्रवात)का पिडीतलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सहयोग गरेको छ। बारा र पर्सा जिल्लामा गएको भिषण हुरीहुण्डरी (चक्रवात) बाट पिडित जनसमुदायको राहतको लागि इक्यानका सदस्यहरु मार्फत स्वतःस्फूर्त रुपमा संकलित रकम जम्मा रु. ५,०२,५७६ (पाँचलाख दुई हजार पाँचसय छयत्तर रुपैया मात्र) प्रदेश नंबर २ सरकारका मुख्यमन्त्री लालबावु राउतमार्फत राहत कोषमा हस्तान्तरण गरिएको हो।

इक्यानले आज मंगलवार प्रदेश नंबर २ को जनकपुरधाम स्थित मुख्यमन्त्री आवास पुगी बारा र पर्साका पीडित जनतालाई राहतका निम्ति पाँचलाख दुई हजार पाँचसय छयत्तर रुपैया राशीको चेक मुख्यमन्त्री राउतलाई प्रदान गरेको हो । उक्त कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल को पनि उपस्थिति थियो। इक्यानको तर्फबाट निबर्तमान अध्यक्ष प्रकाश पाण्डे, महासचिव शेषराज भट्टराई, सह कोषाध्यक्ष निरुपमा महर्जन, सदस्य सुषमा आचार्य र सुदन चौहानले उक्त चेक हस्तान्तरण गरेका थिए।

नेपाल शैक्षिक परामर्श संघ ECAN ले आफ्ना सदस्य कम्पनीहरुको सद्भावपुर्ण पहलकदमीको माध्यमबाट देशमा समय समयमा आईपर्ने दैविक विपत्तिमा, राहत तथा उद्धारकार्यमा सहयोग गर्ने उद्देश्यबाट सामाजिक उत्तरदायीत्व वहन गर्दे आएको छ। यसै परम्पराको निरन्तरताको लागि यस पटकको विपत्तिमा पनि संघको आह्वानमा इक्यान सदस्यहरुले स्वतःस्फूर्त सहयोग गरेको इक्यान सह कोसाध्यक्ष तथा कर्पोरेट सामाजिक उत्तरदायित्व बिभाग प्रमुख निरुपमा महर्जनले बताएकी छन् ।
प्रकाशन मिति–२०७५ साल चैत्र २६ गते मंगलवार ।