काठमाडौं। कोरोनाको महामारीको लगतै विश्वभरी बालीनालीका लागि महामारीको रुपमा फैलिरहेको फट्याङ्ग्रा किरा अर्थात सलहको भारत हुंदै शनिवारवाट नेपालमा प्रवेश गरेको छ।

तराईका जिल्लाहरु हुंदै नेपाल प्रवेश गरेको बालीनालीलाई ध्वंस्तै गर्ने सलह किराको काठमाडौंमा पनि प्रवेश गरेको छ। तराईका जिल्लाहरु हुंदै मंगलवार विहानवाट काठमाडौंका आकाशमा सलहको प्रवेश भएको हो।

काठमाडौंको कोर एरिया यटखामा खाद्य व्यवसायी तथा चलचित्रकर्मी विकास शाक्यको पसल वरपर सलह किरा भेटिएपछि यसको पुष्टि भएको हो। त्यस्तैगरेर, चर्चित फोटोपत्रकार रेखा शाक्यले पनि बाफल वरपर सलह किरा भेटिएको पुष्टि गरेकी छन्।

उडिरहेको सलह किरालाई कागले लखेट्दै गरेको रोमान्चकारी फोटो पनि फोटोपत्रकार शाक्यले पोष्ट गरेकी छन्। काठमाडौंमा बालीनाली ध्वंस्त बनाउने सलहलाई कागले देख्नासाथ आक्रमण गर्ने देखिएको र पक्रनासाथ कागले टोकेर खाइहाल्ने रोमान्चकारी दृश्यलाई फोटोपत्रकार शाक्यले पोष्ट्याएकी छन्।

काठमाडौंको आकाशमा देखिएको सलह कति ध्वँस्तकारी हुन या होइनन् भन्ने पुष्टि नभएतापनि काठमाडौंका कृषकहरु भने, सलहवाट सचेत हुनुपर्ने अत्यन्त आवश्यक भैसकेको छ।


प्रकाशन मिति–२०७७ साल असार १६ गते मंगलवार ।