काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटार सडकमा रहेको स्वर्ण पार्कमा विशेष रक्तदान कार्यक्रम भएको छ। विकास र समृद्धिको लागि महिला नामक सामाजिक संस्थाको आयोजनामा बालुवाटार स्वर्ण बगैचामा विशेष रक्तदान कार्यक्रम भएको हो।

शनिवार विहान ९ बजेदेखि दिउंसो २ बजेसम्म भएको विशेष रक्तदान कार्यक्रम भएको थियो। जसको शुभारम्भ नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नंबर ४ का सभापति रामप्रसाद न्यौपानेवाट रक्तदान गरेपछि भएको हो।

आयोजक संस्थाकी अध्यक्ष सावित्री खनालले वडा सभापति न्यौपानेलाई ब्लड ब्याग दिएपछि शुभारम्भ भएको विशेष रक्तदान कार्यक्रममा बालुवाटार जागरण युवा क्लबका पूर्वअध्यक्ष सूर्यभगत श्रेष्ठ लगायतका स्थानीय विशिष्ट व्यक्ति विशेषले रक्तदान गरेका थिए। ५० जना रक्तदाताहरुले रक्तदान गरेका थिए।

शरीरवाट खेर गैरहेको रगतलाई रक्तदानको माध्यमवाट कसैको जीवन बचाउन आफूहरुले गरेको रक्तदानवाट योगदान पुग्ने भएकोले आत्मिक रुपमा गौरबता महशुश भएको रक्तदान गर्ने रक्तदाताहरुले भनेका छन्।

आयोजक विकास र समृद्धिको लागि महिला नामक संस्थाका अध्यक्ष सावित्री खनालका साथमा उपाध्यक्ष मनिता नेपाली, सचिव अम्बिका पौड्याल, उपसचिव जानकी श्रेष्ठ, कोषाध्यक्ष रेश्मा कनौजिया तथा सदस्यहरु सविना श्रेष्ठ, अनिता नेपाली, बबी कनौजिया, मिना नेपाली, रोजिना कनौजिया टीमकै योगदानको कारण विशेष रक्तदान कार्यक्रम सफल भएको जनाइएको छ।

यसप्रकारका विभिन्न सामाजिक कार्य विगत चार बर्षदेखि निरन्तर गर्दैआएको जानकारी आयोजक संस्थाकी अध्यक्ष सावित्री खनालले भिजन संसार डटकमलाई दिएकी छन्।

प्रकाशन मिति–२०७७ साल फागुन ८ गते शनिवार ।