काठमाडौ। नेपालको प्रधानमन्त्री भएको भोलिपल्ट अर्थात शुक्रबार पुष्पकमल दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन्। बालुवाटार सरकारी निवास नजिक लाजिम्पाटको नीजि निवासमा बस्दै आएका प्रधानमन्त्री दाहाल त्यहाँवाट शुक्रबार अपरान्ह ४ बजेतिर सरेका हुन्।

Prachanda in Baluwatar Quaterप्रधानमन्त्री दाहाललाई सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा लगायतका कर्मचारी तथा सुरक्षाकर्मीहरुले स्वागत गरेका थिए। पत्नी सीता दाहाल प्रधानमन्त्रीको हैसियतले दोश्रो पल्ट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेका दाहालले अत्यावश्यक सामान वाहेक अरु कुनैपनि सामाग्री वाहिरवाट नकिन्न र निवासकै चलाउने निर्देशन जारी गरेका छन्।

यसअघि प्रधानमन्त्री बन्दा १ लाख पर्ने खाट किनेको प्रसंगले बारम्बार विवादमा आएपछि प्रधानमन्त्री दाहालले यसपल्ट मितव्ययी व्यवहार देखाउन खोजेको टिप्पणी गर्नेहरु पाइएको छ।
प्रकाशन मिति–२०७३ साल साउन २१ गते शुक्रबार ।