काठमाडौ । काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साह एक्सनमा उत्रिएका छन्। औपचारिक रुपमा निर्वाचन आयोगले विजय घोषणा गरेको लगतै नव निर्वाचित मेयर साह काठमाडौंको फोहर व्यवस्थापनको लागि एक्सनमा उत्रिएका हुन्।

काठमाडौं महानगरका मेयरको सधै टाउको दुख्ने विषय बन्दैआएको फोहर व्यवस्थापनलाई ठीक र सही वनाउन मेयर साह शुक्रवार नै फोहर विसर्जन गर्ने स्थान नुवाकोटको बन्चरे डाँडा र सिसडोल पुगेर त्यहाको समस्याको बारेमा बुझेका छन्।

मेयर साहले फोहोरको समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने बताउँदै आएका साह आफूलाई जिताएकोमा काठमाडौं महानगरवासीलाई धन्यवाद व्यक्त गर्दै सिसडोल र बन्चरे डाँडा पुगेका मेयर साहले त्यहाँको अवरोधका वारेमा यथार्थ कुरा बुझेर त्यसको तत्काल समस्याको समाधान गर्न आफू प्रतिबद्ध रहेको भनेका छन्।

त्यसका लागि सवैको सहयोग आवश्यक भएको भन्दै काठमाडौंको फोहरको समस्यालाई समाधान गरेर मात्र विजय उत्सव मनाउने मेयर साहले भनेका छन्। काठमाडौं महानगरवासीले स्वतन्त्रका उम्मेदवार साहलाई अत्यन्त विश्वास गरेर मेयरमा जिताएका साहले त्यो विश्वासलाई कतिको कायम गर्ने हो या होइन ? त्यो भने हेर्न वाँकी नै रहेको छ।
प्रकाशन मिति–२०७९ साल जेठ १४ गते शनिवार ।