काठमाडौं। स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरको बागडोर सम्हाल्ने को भन्ने होडबाजी भैरहेको वर्तमान अवस्थामा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले अग्रता लिइरहेका छन्।

जसको कारण नेपाली कांग्रेस तथा नेकपा एमालेको समेत निद हराम भैरहेको बर्तमान अवस्थामा बालेनले प्रारम्भमा अग्रता लिएतापनि यथार्थतामा जित भने नेकपा एमालेकै हुने दावी कतिपयको रहेको अवस्थामा सूर्य ध्वजावाहक नेकपा एमालेवाट काठमाडौं महानगरपालिकाका मेयर पदमा उम्मेदवार वनेका केशव स्थापित भने, यतिखेर ध्यानमा छन्। ध्यानवाट हेरेर आफू जित्ने निश्चित गरिसकेका छन्। चर्चाको शिखरमा रहेका बालेन साह तेश्रो स्थानमा झर्ने आँकन पनि स्थापितको छ।

जारी मतगणनामा बालेन साह प्रथम, दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा नं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ।गणनामा दोश्रो स्थानमा रहेका स्थापितले आफूले जित्ने ध्यानवाटै भनिरहेका छन्। उनले अहिले गणना भएका वडाका आधारमा राय बनाउन नहुने सवैलाई भनिरहेका छन्।

मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरुरी छैन,’ स्थापितले भने, ‘जित्ने मैले नै यत्ति लेखेर राख्नुस्। यसमा सन्देह नगर्नुहोस्। बालेन तेश्रो हो।’ उनले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे। उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न सवैलाई आग्रह गरे।

प्रकाशन मिति–२०७९ साल जेठ १ गते आइतवार ।