काठमाडौ। अन्तरराष्ट्रिय बाल दिवसको अवसरमा ३ सय ५० जना असहाय तथा अनाथ बालबालिकाहरुलाई एकैस्थानमा भेला गराइने भएको छ। सौन्दर्य कला व्यवसायी संघ नेपालको काठमाडौ जिल्ला समितिले उक्त भेला गरिन लागेको हो।

Bal Balikaसमितिकी अध्यक्ष रिना शाक्यका अनुसार कार्यक्रम अन्तरराष्ट्रिय बाल दिवसको दिन भाद्र २९ गते काठमाडौमा गरिने भएको छ। काठमाडौमा रहेका विभिन्न बालगृह तथा बालआश्रमका असहाय तथा अनाथ बालबालिकाहरुलाई एकैस्थानमा भेला गराएर उनीहरुको काठमाडौमा र्याली गराएर मारवाडी सेवा समितिको भवनमा लगिने भएको छ।

मारवाडी सेवा समितिको भवनमा आयोजना हुने कार्यक्रममा बालबालिकालाई खाना खुवाउने तथा उनीहरुलाई बालउपयोगी सामाग्री वितरण गरिने आयोजक समितिले जनाएको छ। जसमा काठमाडौका विभिन्न बालबालिकासंग संवन्धित संघ–संस्थाहरुको पनि सहभागिता रहने भएको छ।
प्रकाशन मिति–२०७४ साल भाद्र २५ गते आइतवार