काठमाडौं। बाल बिबाहित भनेर अक्सर आफूलाई चिनाउने ख्यातिप्राप्त हास्य अभिनेता दीपकराज गिरीको बिबाह उत्सबले पनि ३४ बर्ष पूरा गरेको छ। मंगलवार फागुन २५ गतेवाट अभिनेता गिरीको बिबाहले ३४ बर्ष पूरा गरेको हो।

अभिनेता गिरीको ३४ बर्षअघि मेनुका गिरीसंग बिबाह भएको र यो जोडीका एक छोरी र दुई छोरा छन्। यी तीन सन्तान पनि लक्का जवान भैसकेका छन्। अभिनेता गिरीको छोरीको नाम मौसमी गिरी र दुई छोराहरुको नाम प्रसिद्धराज गिरी तथा दिपेशराज गिरी रहेको छ।

यिनै तीन सन्तानका पिता अभिनेता दीपकराज गिरीले आफ्नो बिबाहको ३४ औं बर्षगाठको अवसर पारेर पत्नी मेनुका गिरीसंगको तस्बीर शेयर गर्दै यो स्टाट्स लेखेका छन्–

‘कति कुरा नभनेर नै मीठा मीठा होलान्

तर कति कुरा भनिएन भने तीता हुन सक्छन्

तिमीले मलाई पायौ, केबल मलाई मात्रै पायौ

अनियन्त्रित एक सवारीलाई सही बाटोमा ल्यायौ

मेरा खुशीलाई आफ्नै खुशी ठान्यौ, मेरा दुखमा धेरै आँशु झार्‍यौ

तिमीलाई के भनौँ, कसरी भनौँ,  तिमी छौ कस्तो

आफै खर्चिएर अरूलाई उज्यालो दिने, मैनबत्ती जस्तो ‘!
३४ वर्ष पुगेछ सँग सँगै हिँडेको

कहीँ डगाउन दिइनौ सम्हालेर ल्यायौ,

थाहा छैन बदलामा तिमीले के पायौ

मलाई न सोध मेरो ३४ वर्ष कस्तो भो

एक सुख्खा वृक्षले पानी पाए जस्तो भो ‘।’

प्रकाशन मिति–२०७७ साल फागुन २५ गते मंगलवार ।