–सरु थापा
बा–आमाले बिना स्वार्थ
अत्यन्त मायाले ख़र्चको जोहो गर्दै
छोरा–छोरीलाई हुर्काउँछन्, बढाउँछन्,
सक्दो पढाउँछन्
शायदै
त्यसको मूल्य हिसाब गरि फिर्ता माग्दैनन्।
उमेरका हिसाबले पनि
छोरा–छोरी अलिअलि कमाउँने भएपछि
धेरै खुसी हुन्छन्, उनिहरुसँग पैसा माग्दैनन्,
हत्पति माग्न सक्दैनन्।
युवा उमेरमा चल्दै गरेका
छोरा–छोरीले प्रौढ उमेरमा चल्दै गरेका
बा–आमाको अवस्था ख्याल गर्दै हेरबिचार तर्फ ध्यान दिऔं।
झन् बा–आमाको
उमेर ढल्केर बृध्दावस्थामा
प्रवेश गरे पछि छोरा–छोरीले,
छोरा–बुहारीले, छोरी–ज्वाईंले
आफ्नो गच्छे अनुसार आफ्ना बा–आमा,
सासु–ससुराहरुलाई अत्यन्त प्यारले हेरबिचार गरौं।
बा–आमा, सासु-ससुरासँग माग गर्ने माग्ने–मगन्ते तुच्छ नबनौं।
तब, नारी दिवस आदि दिवस ओझेलमा पर्छ।
अन्यथाः
नारी दिवस,
चमक–धमकका साथ मनाई रहिन्छ,
मानवता दुलोमा रोई रहन्छ।

(अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा कवि सरु थापाव्दारा रचित यो सिर्जना।)
प्रकाशन मिति–२०७५ साल फागुन २४ गते शुक्रवार ।