काठमाडौं। बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्र्रभाव देशैभर परेको छ। काठमाडौं उपत्यकामा नेपाल बन्दको न्यून प्रभाव परेको छ।

पोखराका दुई स्थानमा विहानै शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनाले सर्च गरेर डिस्पोज गरिएको छ। पोखरामा भेटिएका शंकास्पद बस्तु सकिट बम भएको पोखरा प्रहरीले जनाएको छ। प्रहरीले आजको बन्दलाई विफल बनाउने गरी सुरक्षा व्यवस्था गरेको दाबी गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार, सर्वसाधारणले दुःख नपाउन भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी पोशाकमा खटिएका प्रहरीका अलावा सादा पोशाकमा पनि सुरक्षाकर्मीको व्यापक परिचालन गरिएको छ। नीजि स्कुलहरु बन्द भएको छ। सडकमा सवारी पातलो नै पाइएको छ।

नेपाल सरकारले विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएपछि गरिएको नेपाल बन्दमा नेपाली जनताले त्रासको महशुश गरिएका छन्।
प्रकाशन मिति–२०७५ साल फागुन २९ गते विहीवार ।