काठमाडौं। नेपालका लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालवाट डिस्चार्ज भएका छन्। छातीमा संक्रमण र रगतमा चिनीको मात्रा असन्तुलन भएपछि सोमवारदेखि उपचाररत प्रधानमन्त्री ओलीलाई काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रवार साँझ डिस्चार्ज गरेको हो।

प्रधानमन्त्री ओली मुस्कुराउँदै अस्पतालबाट बाहिरिएका थिए। प्रधानमन्त्री ओली अस्पतालबाट सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्केका छन्।

प्रधानमन्त्री ओलीलाई यसै हप्ताको आइतबार राति श्वासप्रश्वासमा समस्या भएपछि निजी चिकित्सकको सल्लाहअनुसार सोमबार बिहानै अस्पतालमा भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा.अरुण सायमी, डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थियो।


प्रकाशन मिति–२०७५ साल कात्तिक १६ गते शुक्रबार ।