काठमाडौं। बीग व्युटी बिजनेश वुमन वरिष्ठ सौन्दर्यविद सुषमा महरा ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९ बाट सम्मानित बनेकी छन्। शनिबार फोकस नेपालले काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना देउसी भैलो विशेष सांस्कृतिक कार्यक्रममा महरा सम्मानित बनेकी हुन्।

प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा भव्य समारोहका बीच महरालाई सम्मान प्रदान गरिएको हो।

विगत लामो समयदेखी अत्यन्तै निष्ठा र समर्पणका साथ सौन्दर्य व्यवसायमा लाग्दैआएकी महराको हजारौंलाई सीपमूलक प्राविधिक तालिम दिएर आत्मनिर्भर बनाउने कार्यमा ठूलो योगदान रहेको छ।

महरा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रवन्ध निर्देश तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध रहेकी छन्।