काठमाडौं। बीबीसीले सार्वजनिक गरेको विश्वका १ सय उत्प्रेरणादायी महिलाहरुको सूचीमा नेपालकी उमादेवी वादी टपटेनमा परेकी छन्। १ सय जनाको सूचीमा ७ नम्बर प्रदेशकी सभासद समेत रहेकी वादी १० औं नम्बरमा परेकी हुन्। उनी नेपाली कांग्रेसबाट समानुपातिक सासंद हुन्।

बीबीसीले सन् २०१८ मा उत्प्रेरणादयी र प्रभावशाली भूमिका खेलेका विश्वका महिलाहरुको सूची सार्वजनिक गरेको हो। वादी समुदायको उत्थानको लागि उनले काम गरेकी थिइन्। अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न काम गरेको भनेर बीबीसीले उनको बारे लेखेको छ।

बीबीसीले महिला नेतृ, सामाजिक अभियन्ता, अभिनेत्रीहरुबाट प्रभावशाली १ सय जना छनौट गरेको जनाएको छ। छनोटमा १५ देखि १५ देखि ९४ वर्षसम्मका लाई समावेश गरिएको छ। सूचीमा ६० देशका महिला रहेका छन्। सूचीको पहिलो नम्बरमा नाइजेरियाकी आविसोयी आजयी आकिफोलारिन रहेकी छन्। ३३ वर्षिय आविसोयी सामाजिक अभियन्ता हुन्।
प्रकाशन मिति–२०७५ साल मंसीर ३ गते सोमवार।