काठमाडौ। शुक्रबारवाट बीरगंज–रक्सौलको प्रमुख नाका खोलेपनि आइतवारसम्म रक्सौलवाट इन्धन आउन सकेको छैन्। नेपालवाट रक्सौलमा तेल भर्न पुगेको नेपाल आयल निगमका पैतिस भन्दा बढी ट्यांकरहरुलाई माथिको आदेश आएको छैन भन्दै इण्डियन आयल कर्पोरेशनले तेल भरिदिन मानेको थिएन।

Petrol Tanker line

जसलेगर्दा सहज रुपमा रक्सौलवाट तेल आपूर्ति हुनुपर्नेमा नभएको निगमले जनाएको छ। आइतवार नेपालका अर्थमन्त्री विष्णु पौडेल भारतको पुगेको लगतै सोमवारवाट इण्डियन आयल कर्पोरेशनले तेल लोड गरिदिने खवर आएको निगमले भनेको छ।

सोमवार विहानदेखि नेपाल आयल निगमको ट्यांकरलाई दैनिक दुई हजारदेखि तीन हजार किलोलिटरसम्म पेट्रोलियम पद्धार्थ भर्न दिने भएको छ। नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख भानुभक्त खनालले अव तेलको आपूर्ति सुचारु हुने जिकिर गरेका छन्।
प्रकाशन मिति–२०७२ साल माघ २४ गते आइतवार