वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा बिगत साढे तीन महिना देखि अवरोध गरी धर्नामा बसेका संघीय समावेशी मधेसी गठबन्धनका कार्यकर्ता र रक्सौलबाट कपडा र डिजेल लिएर आउदै गरेका भारतीय व्यापारी बीच ढुंगा हाना हान भएको छ । भारतीय सीमा बजार रक्सौलबाट विभिन्न सामान लिएर आएका ब्यक्तिहरुलाई मधेसी गठबन्धनका कार्यकर्ताले रोक्ने प्रयास गरेपछि झडप भएको थियो । झडपका क्रममा गठबन्धनका स्थानीय नेता चुन्नी मिश्र र साकिर अन्सारी घाइते भएका छन् । मिश्रको नाकमा र अन्सारीको खुटामा चोट लागेको छ । उनीहरुको नारायणी उप क्षेत्रीय अस्पताल बीरगंजमा उपचार भइरहेको छ ।