biru-magars-bardan-1

काठमाडौ। नेपाली चलचित्र निर्माता बीरु मगर बिछोडको सहयोगमा तयार भएको अडियो सीडी एल्बम वरदान हालै सार्वजनिक भएको छ।

थुप्रै चर्चित गीत आम श्रोतामाझ पुर्याईसकेका युवा गायक त्रिलोक रानाको एकल स्वर समेटिएको वरदानमा काँडा छोए फूल बन्छ…, कोही छ कि यहाँ दौतरी मिल्ने…, तिमीलाई छुने हावा घाम भाग्यमानी…,भुलिदिनु भन्थ्यौ तिमीले… लगायत आठ वटा मिठा आधुनिक भाका समेटिएको छ ।

किशोर थापा, सुषमा लामा, त्रिबिक्रम पाण्डे, शिला बहादुर मुक्तानको शव्दरचाना रहेको वरदानमा सुनिल मास्के, भानुभक्त ढकाल, गणेश गुरुङ, सुरेशकुमार क्षेत्रीको सङ्गीत रहेको छ भने बजार व्यबस्थापन भिवस क्रियशनले सम्हालेको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १९ गते आइतवार ।