काठमाडौ। विदेशमा जस्तै नेपालमा पनि महिला तथा पुरुष एकै थलोमा बसेर कपाल काट्ने, फेसियल गर्ने लगायतका आम व्युटी संवन्धी कार्य हुन थालेको छ। अर्कोतर्फ महिलाको कपाल पुरुषले तथा पुरुषको कपाल महिलाले काट्ने प्रचलनको पनि विकास हुंदैगएको छ।

महिला तथा पुरुष दुवै बर्गलाई एकैस्थानमा सेवा दिने उदेश्यले युनिसेक्स व्युटी सैलुनहरुको पनि विकास हुन थालेको छ। यसक्रममा नेपालमा त्यस्तो सैलुनको सेवा दिने कार्यमा बीरेन्द्र ठाकुर अग्रपंक्तीमा देखिएका छन्। बीरेन्द्र ठाकुरको काठमाडौंको सुन्धारास्थित सिभिल मलको पाँचौ तल्लामा रहेको रमाइलो बजारमा सुपर–कट व्युटी सैलुन रहेको छ। जुन व्युटी सैलुनमा महिला तथा पुरुषको व्यापक नै भीड लाग्ने गरेको छ।

व्युटी सैलुन संवन्धी संपूर्ण सेवा रहेको त्यस व्युटी सैलुनमा महिला तथा पुरुषको लागि एकै स्थानमा मज्जाले सेवा दिइरहेको पाइन्छ। महिलाको लागि महिला तथा कतिपय पुरुषको कपाल काट्ने तथा हेयर स्टाइल बनाउने कार्यमा महिला पनि तदारुकताका साथ लागिरहेको देखिन्छ। यस व्युटी सैलुनमा महिला तथा पुरुषको विभेद देखिदैन। सवैलाई समानजनक सेवा दिने भएको कारण यस व्युटी सैलुन निक्कै चलेको हो। यसको सफलताको रहस्य पनि यही हो भनेर यस सैलुनका प्रोप्राइटर समेत रहेका बीरेन्द्र ठाकुरले भनेका छन्।

वीरेन्द्र ठाकुरले यसप्रकारको सेवा शुरु गरेको काठमाडौंमा १४ बर्ष भैसकेको छ। ललितपुरको कुमारीपाटीवाट शुरु भएको यो व्यवसाय काठमाडौंको सिभिल मलमा अझ चम्केको हो। कुमारीपाटी र सिभिल मल दुवै स्थानमा सुपर–कट व्युटी सैलुनको नामवाट व्युटी सैलुन सेवा प्रदान गर्दैआएका बीरेन्द्र ठाकुरको व्युटी सैलुनमा २२ जनाले रोजगारी पाएको छ। २२ जना यस कार्यमा अत्यन्त व्यस्त बन्ने गरेको देखिन्छ।

पितापूर्खाको पालादेखि सैलुन संवन्धी कार्य गर्दैआएको बीरेन्द्र ठाकुरको परिवारमा ८ बर्षको उमेरमा नै यो पेशा सम्हाल्ने उनी पहिलो व्यक्ति पनि हुन्। हाल ४० बर्ष पुगेका बीरेन्द्र ठाकुर लामो समय सर्लाहीको लालबन्दीको पुस्तेनी सैलुनमा कार्य गर्दा–गर्दै काठमाडौं आएका हुन्। काठमाडौंमा आएर नयाँ तकनिकी अनुसार कार्य गर्न हबिब तथा निल डेविडका सैलुनहरुमा काम गर्दै नयाँ कार्यहरु सिक्दै गए।

तदानुरुप आफैले पहिलो १४ बर्षअगाडि कुमारीपाटीमा सुपर–कट व्युटी सैलुन खोलेका हुन्। त्यसको ठीक सात बर्षपछि मात्र सिभिल मलमा खोलेका हुन्। अमेरिकाको न्यूयोर्कमा पनि यसको शाखा विस्तार गर्ने क्रममा बीरेन्द्र ठाकुर रहेका छन्। जसको लागि अमेरिका रहेका बीरेन्द्र ठाकुरका भाइ सुरेन्द्र ठाकुर त्यसतर्फ क्रियाशील बनिरहेका छन्। संभवत यो बर्षमा अमेरिकामा शाखा विस्तार हुने भएको छ।


प्रकाशन मिति–२०७५ साल फागुन २९ गते बुधवार ।