काठमाडौ। बीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको अवस्था नाजुक भएपछि आइसियुमा राखिएको छ। गत बिहीबारदेखि गङ्गामायाले स्लाइन र औषधिसमेत नलिई आमरण अनशन सुरु गरेपछि उनको अवस्था नाजुक भएको हो।

Ganga Maya Adhikari

मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार गङ्गामायालाई स्लाइन चढाउन खोज्दा उनको नाडीमा रगत ‘जाम’ भएपछि अहिले घाँटीबाट स्लाइन दिने तयारी भइरहेको छ। आइतबारदेखि मानवअधिकारकर्मीले सरकारलाई दबाब दिन ‘गङ्गामाया बचाऔँ’ अभियान सुरु गरेका छन्।

सोहीअनुसार मानवअधिकारकर्मीले मंगलबार उनी अनसनरत वीर अस्पतालमा नै धर्ना दिएका छन्। विसं २०६१ मा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनशनमा बस्नुभएको थियो। अनसनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गङ्गामाया एक्लै अनसनलाई निरन्तरता दिइरहेकी छन्।
प्रकाशन मिति–२०७३ साल साउन ३२ गते मंगलवार ।