काठमाडौं। नेपालका सर्वमान्य नेता बीर गणेशमान सिंहको अनुहार तथा हाइटसंग हुबहु मिलेका बरिष्ठ पत्रकार दानदास श्रेष्ठ भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सम्मानित बनेका छन्।

बरिष्ठ पत्रकार श्रेष्ठलाई नगदसहित थेम्मृङ पत्रकारिता पुरस्कारले मध्यपुर थिमिमा सम्मानित गरेको हो। मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठले बरिष्ठ पत्रकार श्रेष्ठलाई नगद सहितको बृहत सम्मान प्रदान गरेका हुन्।

तीन दसकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय श्रेष्ठले आमसञ्चारमा गरेको योगदानलाई कदर गर्दै मध्यपुर सञ्चार समाजको तेस्रो अधिवेशनको अवसरमा सम्मान गरेको हो । नेपाल समाचारपत्र दैनिकमा १८ वर्ष समाचार डेस्कमा काम गरेका बरिष्ठ पत्रकार श्रेष्ठ हाल स्वतन्त्र सञ्चारग्राम साप्ताहिकमा प्रधान सम्पादक तथा प्रकाशक छन्।

थिमिको लिच्छविकालीन नाउँबाट सञ्चालित थेम्मृङ मासिक पत्रिकाले समाजको हरेक अधिवेशनमा सञ्चार संस्था वा सञ्चारकर्मीलाई यसप्रकारको प्रोत्साहन स्वरूप सम्मान तथा पुरस्कार प्रदान गरिदैआएको जनाएको छ।


प्रकाशन मिति–२०७६ साल मंसिर २१ गते शनिवार ।