काठमाडौं। नेपाली तथा नेपालभाषा चलचित्रका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीले यो भदौं महिनामा ह्याट्रिक गरेका छ। यो भदौं महिनामा एक पछि अर्को गरेर तीनवटा भजन गीतको निर्देशन गरेर निर्देशक जोशीले ह्याट्रिक गरेका हुन्।

त्यो अरु भजन नभइकन बुद्ध भजन नै हो। आज बुधवार निर्देशक जोशीले मनदेवी महर्जनको गीत–संगीत तथा गायन रहेको वनेनु झीपी वनेनु बुद्धया शरणय् बोलको बुद्ध भजन गीतको निर्देशन गरेर एकै महिनामा बुद्ध भजन गीतमा ह्याट्रिक गरेका हुन्। जसमा राजेश शाक्यको छायाँकन तथा सम्पादन रहेको छ।

यसअघि निर्देशक जोशीले जुजुकाजी रंजित र लक्ष्मी महर्जनको गायन रहेको दुई बुद्ध भजन गीतको भिडियो यही भदौं महिनामा निर्माण गरिसकेका छन्।


प्रकाशन मिति–२०७६ साल भदौं २५ गते बुधवार ।