Bhukampa mapकाठमाडौ। नेपालमा आज बुधवार अपरान्ह फेरि भूकम्पको धक्का महशुश गरिएको छ। काठमाडौ नजिक सिन्धुपाल्चोक जिल्ला केन्द्र विन्दू भएर गएको भूकम्पको कडा धक्का काठमाडौमा पनि महशुश गरिएको छ। अचानक काठमाडौको मौसममा परिवर्तन भएको लगतै भूकम्प गएको हो।

केही दिनयता गर्मी महशुश भएको काठमाडौको बाताबरणमा एकाएक फेरि चिसो महशुश भएको छ। अपरान्ह ३ बजेर ७ मिनेट जांदा भूकम्प गएको थियो। ५ दशमलव ४ रेक्टर स्केलको उक्त भूकम्पले ड्वाङ्ग आवाज समेत आएको थियो। काठमाडौ वरपरको भू–सतहलाई नै उचालिएको जस्तो महशुश भएको काठमाडौवासीले बताएका छन्।
प्रकाशन मिति–२०७२ साल फागुन १२ गते बुधवार ।