काठमाडौ। नेपाल आयल निगमले बुधवार गएरातिवाट बृद्धि गरेको पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको बेलामा पेट्रोलियम पद्धार्थमा मूल्य बृद्धि गर्नु उचित नभएको र मूल्य बृद्धिले निर्वाचनलाई नकारात्मक असर पर्ने भन्ने प्रधानमन्त्री शेरवहादुर देउवाले ठाडो आदेश दिएपछि निगमले बढाएको मूल्य घटाएको छ।

पूर्ववत मूल्यलाई स्थिर राखेको छ। प्रधानमन्त्री देउवा निगमसंग कडकिएपछि निगमको विहीवार बसेको आकस्मिक बैठकले पूर्ववत मूल्यलाई स्थिर राखेको जनाएको छ। अव पूर्ववत पेट्रोलको मूल्य ९८ रुपैया र खाना पकाउने ग्यासको मूल्य १ हजार ३ सय २५ नै कायम भएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १६ गते विहीवार ।