rubi-joshi

काठमाडौ। बुनियाद कालजयी गीतका चर्चित गायक रुवि जोशीको दुःखद निधन भएको छ। ७३ बर्षको उमेरमा गायक जोशीको निधन भएको हो। गायक जोशीको शुक्रबार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ।

गायक जोशीका उकाली ज्यानको त्यो चिसो पानी कान्छी मट्याङ्ग मट्याङ्ग, सितलुमाथि नि सितलु भयो नि लौलौलौ, मैले आमा भनेर, तिम्रो पनि माया लाग्छ, मैले जस्तो तिमीले पनि माया दिइ हेर लगायतका सयौं कालजयी गीत हिट रहेका छन्।

कुनैबेला गायक जोशीले नेपालको ख्यातिप्राप्त बैंकरका रुपमा पनि निक्कै चर्चा पाएका थिए। लामो समय उनी बैंकिङ्ग करियरमा पनि कार्यरत थिए।
प्रकाशन मिति–२०७३ साल मंसीर १० गते शुक्रबार ।