काठमाडौं। बुनियाद गीतकार डीपी दाहाल परिश्रमीले मायाको घरबार कोरेका छन्। सोही मायाको घरबारवाट मायाबी संसारमा रम्ने कार्य गीतवाटै गीतकार परिश्रमीवाट भएका हुन।

यिनै मायाबी घरबारको यथार्थता गीतको माध्यमवाट भिडियो तयार पार्ने कार्य पनि गीतकार परिश्रमीवाट भएको छ। उक्त गीतको भिडियो पनि आफ्नै डिलाईटेड नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गर्ने कार्य गरेका छन्।

डिलाइटेड नेपालको प्रस्तुती रहेको उक्त गीतको भिडियोमा नेपाल आईडलकी नम्बर वान गायिका अस्मिता अधिकारी र पुरुषोत्तम सुवेदीको युगल गायन रहेको छ। गीतको भिडियोमा नायक पुष्प खड्का र नायिका केकी अधिकारीले अभिनय गरेका छन्। लोकलयलाई समेटेर बनाइएको यस गीतमा गायक सुवेदीले नै संगीत दिएका छन्।

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् । त्यस्तै यस म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका छन् भने प्रवीन थापाले कोरियोग्राफी गरेका छन् ।

प्रकाशन मिति–२०७७ साल साउन ९ गते शुक्रवार ।